लागुऔषध बोकेर ३ जना चढेको मोटरसाईकल दुर्घटना

२0७७ चैत्र ७ शनिबार
लागुऔषध बोकेर ३ जना चढेको मोटरसाईकल दुर्घटना

उदयपुर, चैत ७


लागुऔषध बोकेका युवासहित ३ जना सवार मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् । अघिल्लो दिन विहान १०ः३० बजेको समयमा त्रियुगा नगरपालिका ७ गुन्टेमा स ७ प ४५४४ नं. को मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा पर्दा लागुऔषध बोकेका युवासहित ३ जना घाईते भएको प्रहरीले जनाएको छ । 


मोटरसाईकलमा सवारमध्ये चालक त्रियुगा १५ का १९ वर्षीय मनोज कार्की, पछाडि सवार सोही ठाण्उँका १८ वर्षीय बाबुराम खड्का र सोही ठाउँका १९ वर्षीय अजय मगर रहेका छन् । उनीहरु सबै घाईते भएका छन् । वाईकमा सवार ३ जनामध्ये खड्काको झोलाबाट लागुऔषध डाईजेपाम ६ एम्मुल नााईट्रोजेमाप ९ ट्याब्लेट र चक्कु १ थान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


दुर्घटनामा परेर कार्कीको टाउकोमा चोट लागेको छ भने खड्काको खुट्टामा तथा मगरको टाउको र हात खुट्टा दुवैमा चोट लागेको छ । जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि कार्कीलाई बिराटनगर रिफर गरिएको छ भने मगरलाई धरान पठाइएको छ । खड्कालाई भने जिल्ला प्रहरीकै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।