उदयपुरमा के के विकास भए ? समीक्षा सुरु

२0७७ चैत्र ५ बिहीबार
उदयपुरमा के के विकास भए ? समीक्षा सुरु

उदयपुर, चैत ५


उदयपुरका स्थानीयतह, विकास निर्माणमा संलग्न कार्यालयहरु तथा विकास साझेदार संस्थाहरुको वार्षिक समीक्षा बिहीबारदेखि सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा सुरु कार्यक्रममा विकासे अड्डाहरुले आर्थिकवर्ष ०७६–७७ मा गरेका कामहरुको वार्षिक र ०७७–७८ मा भए गरेका कामको अद्र्धवार्षिक समीक्षा हुनेछ । 


जिल्ला समन्वय प्रमुख खड्ग परियारको अध्यक्षतामा सुरु कार्यक्रममा जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकाले गरेको विकास निर्माणका गतिबिधिहरु तथा अन्य बिभिन्न विकास साझेदार संस्था र विषयगत कार्यालयले गरेका कामहरुको अन्तरक्रियात्मक समीक्षा हुने जनाइएको छ । 


नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत र बिभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिले आआफ्नो कार्यालयले सम्पादन गरेको कामको बिबरण प्रस्तुत गर्ने क्रम चलिरहेको छ । उनीहरुले प्रस्तुत गरेको बिबरणमाथि सहभागीहरुले टिप्पणीसहित सुझाव दिने कार्यक्रम रहेको आयोजक जिल्ला समन्वय समितिका प्रमुख परियारले बताए । 


शुक्रबारसम्म चल्ने कार्यक्रमले जिल्लाका सबैक्षत र भूगोलमा भईरहेका विकास निर्माणको चित्र प्रष्ट हुने अपेक्षा आयोजकले गरेको उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाई, प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाललगायत सुरक्षा निकाय प्रमुख तथा बिभिन्न कार्यालय प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको छ ।