मोटरसाईकल एकापसमा ठक्कर खाँदा दनुवार घाईते

२0७७ चैत्र ५ बिहीबार
मोटरसाईकल एकापसमा ठक्कर खाँदा दनुवार घाईते

उदयपुर, चैत ५


दुई मोटरसाईकल एकापसमा ठक्कर खाँदा एक चालक घाईते भएका छन् । चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको अन टेस्ट मोटरसाईकलले त्रियुगा नगरपालिका ९ राजाबासमा ठक्कर दिदा सोही दिसातर्फ आउँदै गरेको ना ३४ प ६७१० नं. को मोटरसाईकल चालक नितेश दनुवार घाईते भएका हुन् । 


ठक्करले घाईते भएका त्रियुगा १६ स्थायी घर भएका दनुवारलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । घाईते बोल्न सक्ने भएको र स्वासथ्य अवस्था सुधारोन्मुख रहेको प्रहरी भनाई छ । 


ठक्कर दिने अन टेस्ट मोटरसाईकल चालक रौतामाई गाउँपालिका २ का १८ वर्षीय इशान मगरलाई मोटरसाईकलसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।