भाउजुमाथि देवरको खुकुरी प्रहार

२0७७ चैत्र ३ मंगलवार
भाउजुमाथि देवरको खुकुरी प्रहार

उदयपुर, चैत ३


उदयपुरकी एक महिला देवरको खुकुरी प्रहारबाट गम्भीर घाईते भएकी छिन् । घरायसी झगडामा त्रियुगा १० बोक्सेका मनोज भन्ने २३ वर्षीय होमबहादुर विकले खुकुृरी प्रहार गर्दा भाउजु २५ वर्षीय मुना विक गम्भीर घाईते भएकी हुन् । 


मंगलबार विहान साढे ८ः०० बजे खाना खानेबेला भएको सामान्य बिबादमा विकले भाउजुमाथि खुकुरी प्रहार गरेका थिए । उनको प्रहारबाट मुनाको घाँटीको पछाडिपटि गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घाईते मुनालाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि मंगलबारै दिउसो थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । 


घट्नापछि भागेका विकलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयको टोलीले त्रियुगा नगरपालिका ९ गैरुनबाट साँझ ६ः३० बजे पक्राउ गरेको छ । उनलाई हिरासतमा राखेर आवश्यक अनुसन्धन सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।  


विक केही समययता मानसिक सन्तुलन गुमाएको बताइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मानसिक सन्तुलन गुमाएकी कारण भाउजुमाथि खुकुरी प्रहार गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।