रुखबाट लडेर थापाको ज्यान गयो

२0७७ चैत्र २ सोमबार
रुखबाट लडेर थापाको ज्यान गयो

खोटाङ, चैत २ 

खोटाङकी एक महिलाको रुखबाट लडेर ज्यान गएको छ । आईतबार साँझ सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङकी ४२ वर्षीया उर्मिला थापाको रुखबाट लडेर ज्यान गएको हो । 

 

आईतबार दिउसो ४ः०० बजे घरनजिकै आफ्नै बारीको दुधिलोको रुखमा घाँस झार्न चढेकी थापा लडेर घाईते भएकी थिईन् । घाईते थापालाई उपचारार्थ जिल्ला अस्पताल दिक्तेलमा लगिएकोमा उपचारकै क्रममा बेलुका पौने ६ः०० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।


घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।