३
२0७७ फाल्गुन २९ शनिबारउदयपुर, फागुन २९
उदयपुर सदरमुकाम गाईघाटमा आउने अधिकांश सामान सप्तरी र सिराहा भएर भित्रिने गर्छ । उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ को लालपत्ता सदरमुकाम भित्रिनेमध्ये झण्डै ७५ प्रतिशत हिस्साको मुख्य नाका हो ।
यसरी सामान भित्रिदा कतिपय अवैध भित्रिने गरेको तथ्य बेलाबेलाको घट्नाक्रमले देखाउने गरेको छ । यसै क्रममा प्रहरीले कर छलेर ल्याउँदै गरेको १९ थान मोवाईल शुक्रबार नियन्त्रणमा लिएको छ । म्याजिक भ्यानमा राखेर गाईघाट भित्र्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा खरिद प्रमाणबिनाको मोबाईल फेला परेपछि नियन्त्रणमा प्रहरीले लिएको जनाएको छ ।
प्रहरीको त्रियुगा नगरपालिका ४ सालघारीचोकस्थित अस्थायी पोष्टले चेकजाँच गर्ने क्रममा खरिद प्रमाणबिनाको सामान भेटेपछि पक्राउ गरेको हो । भिप्पो कम्पनीका ती मोबाईल पक्राउ परे पनि कसको हो भन्नेबारे अहिलेसम्म प्रहरीले पत्ता लगाईसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले यसबारे अनुन्धान भईरहेको जनाएको छ । बरामद सामग्री प्रहरी कार्यालयमा प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धान गर्न करदाता सेवा कार्यालय गाईघाट पठाएको जनाएको छ ।