एकैदिन ३ युवा लागुऔषधसहित पक्राउ 

२0७७ फाल्गुन २३ आईतवार
एकैदिन ३ युवा लागुऔषधसहित पक्राउ 

उदयपुर, फागुन २३


उदयपुर प्रहरीले बिभिन्न थरीका लागुऔषधसहित एकैदिन ३ युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको लागुऔषध नियन्त्रण गर्ने अभियानअन्तर्गत खटेको टोलीले शनिबार राति साँझ र राति दुईपटकमा ३ जना पक्राउ गरेको हो । 


राति ६ः२० बजे सप्तरी र सिराहाको सीमानाकाबाट नाईट्राजिपाम नामक ट्याब्लेटसहित एक युवालाई पक्राउ गरेको हो भने त्यसअघि दुई युवालाई सोही नाकाबाट पक्राउ गरेको हो । त्रियुगा नगरपालिका ४ का १९ वर्षीय होमबहादुर मगरलाई सप्तरीबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको ना १ ज ७२८७ नं. को विङ्गर जिपमा चेकजाँच गर्दा ७५ थान लागुऔषध फेला परेको थियो । 


लागुऔषधसहित मगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । त्यसअघि शनिबार साँझ मात्र १ सय ५ थान बिभिन्न खाले प्रतिबन्धित लागुऔषध सिरिञ्जसहित दुई युवा पक्राउ परेका थिए । सप्तरीबाट गाईघाटतर्फ आउँदै गरेको लु ५१ प ७११३ नं. को मोटरसाईकलमा चेकजाँच गर्दा सिराहा र सप्तरीका दुई युवा पक्राउ परेको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । 


उनका अनुसार पक्राउ पर्नेमा सिरहाको लाहान नगरपालिका ३ का २३ वर्षीय सुजित चौधरी र पछाडि सवार सप्तरीको खडक नगरपालिका १ का २२ वर्षीय महेशकुमार चौधरी छन् । गाईघाट भित्रिने नाका लालपत्तामा चेकजाँच गर्दा उनीहरुको साथबाट ३५–३५ थान डाईजेपाम, लुपिजेसिक र फनार्गन गरी १ सय ५ थान बरामद भएको दाहालले जनाएका छन् । 

क्याप्सनः सिरिञ्जसहित पक्राउ चौधरीद्वय र ट्याब्लेटसहित पक्राउ मगर । तस्विरः महेश्वर