मेरिङदेन आगलागी पीडितलाई प्रदेशको राहत

२0७७ फाल्गुन २0 बिहीबार
मेरिङदेन आगलागी पीडितलाई प्रदेशको राहत

विराटनगर, फागुन २०

 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दुईदिनअघि आगलागीबाट भस्म भएको ताप्लेजुङको मेरिङदेन ३ दोभान पुगेर अग्निपीडितलाई राहत दिएका छन् । बिहीबार स्वयं घट्नास्थल पुगेर मुख्यमन्त्री राईले प्रदेश सरकारको तर्फबाट राहत सामग्री बितरण गरेका हुन् ।

 

 

मुख्यमन्त्री राईले तत्कालका लागि १ हजार ८ सय किलो चामल, २ सय ५० किलो दाल, नुन, तेललगायत खाद्यान्न र म्याट्रेस घट्नास्थल पुगेर बितरण गरेका छन् । आगलागी घट्नाको निरीक्षण अनुगमन गर्दै मुख्यमन्त्री राईले पीडितहरुलाई प्रति परिवार नगद ५० हजार र भाडामा बस्दै आएकालाई ३० हजारका दरले थप राहत दिने घोषणासमेत गरेका छन् ।

 

 

पीडितहरुको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसरकुकरसमेत उपलब्ध गराउने बचन दिएका छन् । उनले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार अहिलेदेखि लागी परेको पनि बताएका छन् ।

 

 

मंगलबार विहान ९ः०० बजेको समयमा एक्कासी आगलागी भएको दोभान बजारमा ४८ घर जलेर करोडौंको धनमाल जलेर नष्ट भएको थियो । आगलागीमा परी घाइते भएका मेरिङदेन ३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईले थप उपचारका लागि बिहीबारै काठमाडौं पठाएका छन् ।

 

 

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रदेशसभा सदस्य टंक आङबुहाङ, प्रतापप्रकाश हाङगामलगायतसँग पुगेका मुख्यमन्त्री राईले अग्निपीडितलाई छिट्टै पुनस्र्थापना गर्ने सान्त्वनासमेत दिएको उनका प्रेस सल्लाहकार धु्रब सुबेदीले बताए ।