ट्रकले ठक्कर दिँदा २ को ज्यान गयो ४ घाईते

२0७७ फाल्गुन १९ बुधबार
ट्रकले ठक्कर दिँदा २ को ज्यान गयो ४ घाईते

झापा, फागुन१९


ट्रकले ठक्कर दिँदा झापामा दुईजनाको ज्यान गएको छ भने ४ जना घाक्षर््ते भएका छन् । जिल्लाको कनकाई नगरपालिका ४ स्थित पुर्वपश्चिम लोकमार्गमा बुधबार दिउसो को १ ख १६८४ नम्बरको ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको ज्यान गएको हो भने ४ जना घाईते भएका हुन् । 


ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेका प्र १ ०१ ००१ च ०१६७ नम्बरको कारलाई ठक्कर दिदाँ त्यसमा सवार सुनसरी धरान उपमहानगरपालिका १६ का २८ वर्षीय चालक दिपक क्षेत्री र सोलु पासाङल्हामु गाउँपालिका १ का ३० बर्षीय दिलिप राना मगरको ज्यान गएको हो । 


ट्रकको ठक्करबाट गम्भीर घाईते भएर बि एण्ड सी अस्पतालमा उपचारार्थ भर्ना भएका उनीहरुको साँझ ५ः०० बजे ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कारमै सवार दिलिप राना मगरकी ३० वर्षीया श्रीमती अन्जु मगर, सोही ठाउँका ३० वर्षीय सुरेश मगरको उपचार भईरहेको छ । 


सोही ट्रककले प्र १ ०१ ०१३ प १७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा त्यसमा सवार झापा शिवसताक्षी २ का ३९ वर्षीय ज्ञानबहादुर कसाई र पछाडि सवार निजकै श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ पनि घाईते भएका छन् । घाईते दुवैको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापालाई उद्धृत गर्दै प्रदेश प्रहरीले जनाएको छ । 


दुर्घट्ना गराउने चालक मोरङ विराटनगर महानगरपालिका १५ का प्रेमबहादुर वाईबा र ट्रकलाई प्रहरीको नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।