लागुऔषधसहित युबक पक्राउ 

२0७७ फाल्गुन १६ आईतवार
लागुऔषधसहित युबक पक्राउ 

उदयपुर, फागुन १६    


उदयपुर प्रहरीले ९० थान प्रतिबन्धित लागुऔषधसहित एक युवालाई आईतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले ३ खालका लागुऔषधसहित त्रियुगा नगरपालिका ५ का २५ वर्षीय प्रदिप शाक्य थारुलाई आईतबार मध्यान्ह पक्राउ गरेको हो । 


प्रहरीका अनुसार थारुको साथबाट फेनार्गन ३० एम्पुल (थान), नुर्फिन ३० र डाईजेल्याव ३० गरी ९० थान लागुऔषध बरामद भएको छ । बाटोमा हिड्दै गरेका थारुलाई शंका लागी थारुलाई शंका लागी शरिर खानतलासी लिदा उनको साथबाट सो लागुऔषध फेला परेको हो । प्रहरीले जिल्लाभरी सञ्चालनमा ल्याएको अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत उनी पक्राउ परेका हुन् । 


बरामद लागुऔषधसहित थारुलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरु भएको 
प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।