बालेरो ठक्करले मोटरसाईकल यात्रीको ज्यान गयो

२0७७ फाल्गुन १३ बिहीबार
बालेरो ठक्करले मोटरसाईकल यात्रीको ज्यान गयो

उदयपुर, फागुन १३


बोलेरोले ठक्कर दिँदा सुनसरीमा एकजनाले ज्यान गएको छ । बुधबार राति पौने १२ः०० बजेको समयमा को १ ज ३७६१ नम्बरको बोलेरोको ठक्करले जिल्लाको बराहक्षेत्र नगरपालिका ५ का २५ वर्षीय डिगन गुरुङको ज्यान गएको हो । 


बराहक्षेत्र ५ को भरोलमा दक्षिणतर्फ जाँदै गरेको बोलेरोले विपरित दिशाबाट आउदै गरेको ना ३९ प ५०७६ नम्बरको मोटरसाईकलमा ठक्कर दिँदा मोटसाईकलमा सवार सोही ठाउँका २६ वर्षीय कृष्णकुमार राजधामीसहित गुरुङ गम्भीर घाईते भएका थिए । दुवैलाई उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएकोमा घाईते गुरुङको विहान पौने १ः०० वजे मृत्यु भएको प्रहरीले जाएको छ । ु


अर्का घाईते राजधामीको सोही अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटगनरले जनाएको छ । प्रहरीले बोलेरो र चालक उदयपुर चौदण्डी नगरपालिकाका उदेश राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।