सर्वोच्चको फैसलाको स्वागत गर्दै उदयपुरमा विजय र्याली

२0७७ फाल्गुन १२ बुधबार
सर्वोच्चको फैसलाको स्वागत गर्दै उदयपुरमा विजय र्याली

उदयपुर, फागुन १२


प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते गरेको संसद विघटनलाई अघिल्लो दिन सर्वोच्च अदालतले असंवैधानिक भन्दै संसद पुनस्र्थापना गरेको खुसीयालीमा नेकपा प्रचण्ड माधव (प्रमा) समूहले उदयपुरमा विजय र्याली निकालेको छ । 


फैसलालाई स्वागत गर्दै मंगलबार साँझै नेकपा प्रमा समूहले गाईघाटको लोकतान्त्रिक चोकमा दिपावलीसमेत गरेको थियो । बुधबार मध्यान्ह बजारमा निस्केको विजयी र्याली नगर परिक्रमापछि सोही चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोषणसभामा पार्टीका बिभिन्न तहका नेताहरुले संवोधन गर्दै सर्वोच्चको फैसलाले संविधान लिकमा आएको र प्रतिगमन हुनबाट बँचेको बताए । 


ओलीको संसद विघटनको सिफारिसलाई राष्ट्रपति विद्या भण्डारीले त्यसैदिन स्वीकृत गर्दै वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने मिति घोषणा गरेकी थिईन् । संसद विघटनलाई प्रमा समुहले असंवैधानिक कु को संज्ञा दिदै विगत ६६ दिनदेखि सडक संघर्ष गर्दै आएको थियो । उता विघटन निर्णय असंवैधानिक भएको भन्दै खारेजीको माग गर्दै नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङसहित बिभिन्न १३ वटा रिट सर्वोच्चमा परेको थियो । 


ती मुद्धाउपर दुवैपक्षका कानुन व्यवसायीहरुबाट भएको वहस पैरवीपछि मंगलबार दिउँसो सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवराले संसद पुनस्र्थापनाको फैसला सुनाएका हुन् । राणाको परमादेश फैसला अनुसार आउँदो १३ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी भएको छ ।