संसद पुनस्र्थापनाको स्वागत गर्दै उदयपुरमा दीपावली 

२0७७ फाल्गुन ११ मंगलवार
संसद पुनस्र्थापनाको स्वागत गर्दै उदयपुरमा दीपावली 

गाईघाट, फागुन ११

 

बहुप्रतिक्षित संसद विघटनको मुद्धा सर्वोच्च अदालतले किनारा लगाउँदै संसद पुर्नस्थापना गरेको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफासिरमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गर्दै आउँदो वैशाख १७ र २७ गते मध्यावति निर्वाचनको मिति तय गरेकी थिईन् । 


तर, संसद विघटनविरुद्ध परेको १३ वटा मुद्धाउपर लामो बहसको फैसला सुनाउँदै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले मंगलबार संसद पुनस्र्थापनाको फैसला सुनाए । संसद पुनस्र्थापनासँगै आँउदो १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।


प्रधानन्यायाधीश जवरा नेतृत्वको ५ सदस्यीय संसदीय इजालसले गरेको फैसलाको देशभर खुसियाली मनाउने क्रम चलिरहेको छ । संसद पुनस्र्थापना फैसलाको सार्वजनिक भएसँगै देशव्यापी रुपमा दिपावली र सर्वोच्च अदालतको निर्णयको स्वागत गर्ने क्रम चलिरहेको छ । 


सर्वोच्चको आदेशको स्वागतमा उदयपुरमा पनि दिप प्रज्वलन गर्दै स्वागत कार्यक्रम सम्पन्न भएको छ । सर्वोच्चको संसद पुनस्र्थापनाको निर्णयको स्वागत गदै सदरमुकाम गाईघाटमा दीप प्रज्वलन गर्दै स्वागत कार्यक्रम सम्पन्न भएको हो । 


केपी ओलीको संसद विघटनको निर्णयलाई असंवैधानिक कदम भन्दै देशव्यापी आन्दोलन भईरहेको थियो । जस अनुसार देशका बिभिन्न ठाउँमा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल समूह तथा विपक्षी केपी ओली गुटले आन्दोलन गर्दै आएको थियो ।