उदयपुरका युवक खैरो हिरोईनसहित पक्राउ 

२0७७ फाल्गुन ११ मंगलवार
उदयपुरका युवक खैरो हिरोईनसहित पक्राउ 

उदयपुर, फागुन ११

 

उदयपुरको कटारी नगरपालिकाका एक युवक प्रतिबन्धित लागुपदार्थक खैरो हिराईन (ब्राउनसगर) सहित पक्राउ परेका छन् । कटारी नगरपािलका ७ तकियाका २१ वर्षीय रुपेश फुयाल खैरो हिरोईनसहित विराटनगरबाट पक्राउ परेका हुन् । 


सोमबार दिउसो ३ः०० बजे विराटनगर महानगरपालिका १६ दुर्गा मन्दिरबाट फुयाल पक्राउ परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आफैले चलाईरहेको को २ ह ३७२९ नम्बरको टेम्पोमा लागुऔषध व्युरो विराटनगरेको टोलीले चेकजाँच गर्दा टेम्पोको फुडब्रेकको म्याट्रिसमुनी लुकाईराखेको ३ ग्राम ९४० मिलिग्राम खैरो हिरोईन फेला पारेर नियन्त्रणमा लिएको हो । 


लागुऔषध र टेम्पोसहित फुयाललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।