लागुऔषधसहित युवा पक्राउ

२0७७ फाल्गुन १0 सोमबार
लागुऔषधसहित युवा पक्राउ

उदयपुर, फागुन १०


सिराहाका एक युवक भारी मात्राको लागुऔषधसहित उदयपुरको कटारीबाट पक्राउ परेका छन् । सिद्धिचरण लोकमार्ग भएर सिराहाको मिर्चया हुँदै कटारी बजार भित्र्याउँदै गरेको २७ बोतल डाईलेक्स–डिसी नामक प्रतिबन्धित लागुऔषधसहित मिर्चया नगरपालिका ६ सिराहाका ब्रमदेव यादव पक्राउ परेका हुन् । 


स ८ प ४५३७ नं. को मोटरसाईकलमा कटारी बजारतर्फ आउँदै गरेका २८ वर्षीय यादवलाई सिराहा र उदयपुरको सीमास्थल कटारी १ स्थित चुरे जंगलबाट आईतबार साँझ ५ः३० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटेको विशेष टोलीले कटारीतर्फ आउँदै गरेका उनलाई शंका लागी मोटरसाईकल चेकजाँच गर्दा लुकाई छिपाई राखेको लागुऔषध भेटेर बरामद गरेको प्रहरीले जनाएको छ । 


उनलाई कटारीकै प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको इप्रका कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।