उदयपुर मिलन केन्द्रमा पौडेल

२0७७ फाल्गुन ९ आईतवार
उदयपुर मिलन केन्द्रमा पौडेल

उदयपुर, माघ ९


अधिकृतस्तरका कर्मचारीहरुको संगठन कर्मचारी मिलन केन्द्र उदयपुरको पुनर्गठन भएको छ । शनिबार सदरमुकाम गाईघाट ढिम्कीस्थित वनभोजस्थलमा आयोजित वार्षिक साधारणसभाले डिभिजन वन अधिकृत अम्बिकाप्रसाद पौडेलको अध्यक्षतामा नयाँ समिति पुनर्गठन भएको हो । 


साधारणसभाबाट सर्वसम्मत पुनर्गठन भएको समितिको उपाध्यक्षमा जिल्ला कारागार प्रमुख कुमारबहादुर खड्का, सचिव जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भक्तबहादुर राई,सहसचिव त्रियुगा नगरपालिका योजना अधिकृत दिनेश शिवाकोटी र कोषाध्यक्षमा प्रदेश कोष तथा लेखा नियन्त्रक जीवन राजभण्डारी छानिएका छन् । 


१५ सदस्यीय समितिमा घरेलु उद्योग कार्यालय प्रमुख पाक्रम खाँ चौधरी, जिल्ला हुलाक अधिकृत हरिबहादुर खत्री, सरकारी वकिल कार्यालयकी नमूना राउत, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन उदयपुर प्रमुख रमेश दाहाल, त्रियुगा नगरपालिकाकी शिक्षा अधिकृत शिवकुमारी राउतलगायत सदस्य चयन भएका छन् । नव निर्वाचित समितिले केन्द्रले गरेका वार्षिक गतिबिधि समेटिएको प्रतिबेदन पारित गर्दै  आगामी दिनमा गर्ने योजनाहरु ठोस गरेको जनाएको छ । 


प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलगायत जिल्लास्थित कार्यालय प्रमुखहरु, केन्द्रका निवर्तमान अध्यक्ष तथा कोलेनिका उदयपुरका पूर्व प्रमुख नियन्त्रक हीरा न्यौपानेको उपस्थितिमा सम्पन्न साधारसभासँगै वनभोज पनि आयोजना गरिएको थियो ।