सिडिएसको सल्लाहकारसँग समीक्षा

२0७७ फाल्गुन ८ शनिबार
सिडिएसको सल्लाहकारसँग समीक्षा

उदयपुर, माघ ७

उदयपुरको अगुवा बाल अधिकार केन्द्रित संस्था बाल विकास समाज (सिडिएस) नेपालले सञ्चालन गरेको ‘जीविकोपार्जन तथा सामाजिक सुरक्षा परियोजना’ अन्तर्गत उदयपुरगढीमा सल्लाहकारसँग वार्षिक समीक्षा बैठक सम्पन्न गरेको छ । जिल्लाका कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकाका ११ वटा वडामा सञ्चालित परियोजनाको प्रगतिबारे सार्वजनिक गर्न बिहीबार समीक्षा बैठक सम्पन्न गरेको संस्थाले जनाएको छ । 


परियोजना कटारीका ८, १० र ११ नं. वडामा तथा उदयपुरगढीका १ देखि ८ नं. वडाभरी नै सञ्चालन भईरहेको छ । जसमध्ये उदयपुरगढीमा भएको परियोनजाको प्रगतिबारे जानकारी गराउन अनुगमन प्रतिबेदनसहितको समीक्षा कार्यक्रम सम्पन्न गरिएको सिडिएसका अध्यक्ष इश्वर मगरले बताए । उनका अनुसार गाउँपालिकामा सञ्चालित बिभिन्न गैरसरकारी संस्थाको साझेदारीमा भईरहेका कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकीको संयोजकत्वमा गठित सल्लाहकार समितिसँग समीक्षा बैठक राखिएको हो ।


गैससले सञ्चालन गर्ने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि अध्यक्ष केप्छाकीको संयोकत्वमा गठित ११ सदस्यीय परियोजना सल्लाहकार समितिलाई परियोजनाको प्रभावबारे समीक्षा छलफल आयोजना गरिएको संस्थाका अध्यक्ष मगरले बताए । सल्लाहकार समितिले परियोजनाको व्यवस्थापनमा आवश्यक सल्लाह, सुझाव र कार्यक्रमको उपलब्धीबारे निगरानी राख्नुका साथै थप प्रभावकारी बनाउन सुझाव दिदै आएको छ । 


त्यसै सन्दर्भमा फागुन ६ गते बिहीबार संस्थाले सल्लाहकार समितिका अध्यक्ष तथा सदस्यहरुको उपस्थितिमा समीक्षा कार्यक्रम आयोजना गरिएको हो ।  समिक्षा कार्यक्रममा बाल विकास समाजका संयोजक मंगलबहादुर खुनाहाले परियोजनाको गतिबिधि तथा प्रभावबारे प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव देवकुमार गिरीको स्वागतबाट सुरु भएको समीक्षामा संयुक्त अनुगमनको समिक्षा गर्नुका साथै कृषि सामग्री तथा प्राविधिक सहयोगको व्यवस्थापन र परिचालन, नयाँ कृषिउपज सामग्री संकलन केन्द्र निर्माण, व्यवस्थापन, बाल अक्षयकोष सञ्चालन र व्यवस्थापन तथा माटो परीक्षण शिविर सञ्चालनबारेमा छलफल भएको संस्थाका सामाजिक संरक्षण अधिकृत चेतराज श्रेष्ठले बताए । 


परियोजना सल्लाहकार समितिका सदस्य, कृषि विकास समिति सदस्य र आर्थिक विकास समिति सदस्यलगायत २२ महिला पुरुषको सहभागितामा सम्पन्न समीक्षा कार्यक्रमले सहयोग गर्ने दातृ निकाय सेभ द चिल्डे«न नेपाल र साझेदार गाउँपालिकाप्रति धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा थप राम्रा कार्यक्रम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको थियो । समीक्षा बैठकले कार्यक्रम निकै प्रभावकारी भएको ठहर गर्दै आगामी दिनमा थप सशक्त र लक्षितवर्गकेन्द्रित भएर बाल अधिकारका कार्यक्रम सञ्चालन गर्ने विषयमा सर्वपक्षीय सहमति जुटेको अधिकृत श्रेष्ठले बताए ।