४ बोरा सुर्तिसहित महिला पुरुष पक्राउ

२0७७ फाल्गुन ६ बिहीबार
४ बोरा सुर्तिसहित महिला पुरुष पक्राउ

उदयपुर

अटो रिक्सामा ४ बोरा अवैध सुर्ति ल्याउँदै गरेको अवस्थमा एक महिलासहित दुई पक्राउ परेका छन् । त्रियुगा नगरपालिका १० बोक्से–चप्पन खण्डको सडकमा अटो चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले स १ ह ११३५ नं. को अटो रिक्सामा बोकेको सुर्तिसहित उनीहरुलाई पक्राउ गरेको हो । 


पक्राउ अटोमा ४ बोरा कविर कम्पनीको सुर्ति फेला परेको र सोधपुछको क्रममा सुर्तिको कानुनी आधार नभेटिएपछि त्रियुगा नगरपालिका १० की ३७ वर्षीया दिलमाया बिक र अटो चालक त्रियुगा नगरपालिका ११ का ४३ वर्षीय कृष्णबहादुर खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमका अनुसार बिक र खड्कालाई जिल्ला प्रहरी कार्यालयमार्फत अनुसन्धान थालिएको छ । 


घट्नाबारे थप कानुनी कारबाहीका लागि बरामद सुर्ति आन्तरिक राजश्व कार्यालय लाहान पठाइएको बताइएको छ ।