गाईघाटमा पूर्व शिक्षकको हत्या, श्रीमति घाईते

२0७७ फाल्गुन १ शनिबार
गाईघाटमा पूर्व शिक्षकको हत्या, श्रीमति घाईते

उदयपुर

उदयपुर सदरमुकामका एक पूर्व शिक्षक शनिबार विहान आप्mनै घरमा मृत भेटिएका छन् । त्रियुगा नगरपालिका ११ शिवालयटोलका ६५ वर्षीय वीरेन्द्र राई घरको दोस्रो तलामा मृत भेटिएका छन् भने उनकै श्रीम्ति ५२ वर्षीया रीता गम्भीर घाईते अवस्थामा भेटिएकी छिन् । 


शनिबार विहान ७ः३० बजे स्थानीयले अचेत अवस्थामा लडिरहेको खवर गरेपछि खटेको प्रहरीले उनको उद्धार गरी उपचार गर्र्न अस्पताल लगेको थियो । हाल उनलाई थप उपचारार्थ विराटनगर पठाइएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार घाईते रीताले आफुमाथि कुटपिट गरेको बयानका अधारमा सोही ठाउँकी ३४ वर्षीया शिला राईलाई पक्राउ गरी अनुसन्धान अघि बढाउँदा श्रीमान्को हत्या भएको खुलेको हो । शिलामाथि सोधपुछको क्रममा अनुसन्धान गर्दा घरको दोस्रोत तलमा राई मृत अवस्थामा भेटिएका हुन् । 


अढाईतले पक्की घरमा पूर्व शिक्षक राई दम्पति मात्र बस्दै आएको स्थानीयको भनाई छ । श्रीमान् श्रीमती मात्र बस्ने घरमा कसले के कारण यस्तो निर्मम अपराधको घट्ना घटायो भन्ने विषयमा सुक्ष्म अनुसन्धान थालिएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । 


दाहालले अनुसन्धान अधिकृत तोकेर १५ जनाको टोलीलाई घट्नाबारे विस्तृत अध्ययन गर्न परिचालन गरेको बताएका छन् । सदरमुकामजस्तो संवेदनसिल ठाउँमै व्यक्ति हत्या र आक्रमणको घट्नाले शान्ति सुरक्षामाथि चुनौति थपिएको भन्दै प्रहरीले छिट्टै दोषी पत्ता लगाउने गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।