बलात्कार अभियोगमा युवक पक्राउ

२0७७ माघ २८ बुधबार
बलात्कार अभियोगमा युवक पक्राउ

गाईघाट

उदयपुरका एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन् । अघिल्लो दिन विहान चौदण्डीगढी नगरपालिका ६ की युवतिमाथि बलात्कार गरेको अभियोगमा त्रियुगा नगरपालिका ११ गाईघाट असारी रोडका २२ वर्षीय साईमन राई पक्राउ परेको प्रहरीले जनाएको छ । 


२७ गते विहान ४ः०० बजे २० वर्षीया युवतिलाई ललाईफकाई, धाकधम्की दिदै कुटपिटसमेत गरेर जवरजस्ती करणी गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । 

 
बेलटारबाट पक्राउ युवकलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याएर आवश्यक अनुसन्धान कार्य सुरु भएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन् ।