मोटरसाईकल ठक्करले पैदल यात्री ठहरै

२0७७ माघ २८ बुधबार
मोटरसाईकल ठक्करले पैदल यात्री ठहरै

बेलका (उदयपुर)

बेलका नगरपालिकाको छिमेकी बराहक्षेत्र नगरपालिकाका एक पैदलयात्रीको गएराति निधन भएको छ । बराहक्षेत्र ५ मा मंगलवार राति ७ः३० बजे प्रदेश १०२०४३ प ८८२७ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा सोही नगरपालिका ४ का ३९ वर्षीय महेन्द्र साहको निधन भएको हो । 


मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएका साहलाई उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारकै क्रममा साहको निधन भउको सुनसरी प्रहरीलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनरले जनाएको छ । 


 घटनाको सर्जमिन मुचुल्का गरी शवको पोष्टमार्टम प्रक्रिया अघि बढाइएको छ भने घट्नाबारे विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।