उदयपुरमा १११७ जनालाई कोविडविरुद्ध खोप 

२0७७ माघ २६ सोमबार
उदयपुरमा १११७ जनालाई कोविडविरुद्ध खोप 

गाईघाट

कोरोना भाईरसविरुद्धको खोप अभियान उदयपुरमा सकिएको छ । उदयपुर जिल्ला अस्पतालमा १४ गतेदेखि सुरु भएको खोप लगाउने अभियान २४ गतेसम्ममा जिल्लाका ८ वटै स्थानीयतहमा लगाईसकिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 

पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्यसंस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका, सरसफाईकर्मी, एम्बुलेन्स र शबबाहनका चालक तथा शव व्यवस्थापनमा खट्ने सुरक्षाकर्मी गरी १ हजार १ सय १७ जनालाई खोप दिइएको हो । जिल्ला स्वास्थ्य प्रमुख मोहन सुबेदीका अनुसार १४ गते अस्पतालको मातृशिसु स्वास्थ्य केन्द्रबाट खोप अभियान सुरु गरिएकोमा २४ गतेसम्ममा ४ नगर र ४ गाउँपालिकामा सम्पन्न भएको हो । 


अस्पतालमा सदरमुकाम र त्रियुगा नगरपालिकाका स्वास्थ्यकर्मीलगायत लक्षित समूहलाई खोप दिइएको थियो । जसमा २ सय २९ जना लाभान्वित भएका छन् । त्यस्तै १६ देखि १८ गतेसम्म चौदण्डीगढी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र बेलटारमा १ सय १७ जनाले खोप लगाएका छन् । बेलका नगर मुकाम रामपुरमा १८ गते ८० जनाले खोप लगाएका छन् भने १९ गते उदयपुरगढी गाउँपालिकाका ८६ जनाले खोप पाएका छन् । 


त्यसैगरी २० गते कटारी अस्पतालमा १ सय ८४ जनाले खोप लगाउँदा २२ गते लिमचुङबुङ गाउँपालिकाका ६० जना र रौतामाई गाउसँपालिकाका ६६ जनाले पनि खोप पाएको स्वास्थ्यले जनाएको छ । २३ गते गाईघाटस्थित जिल्ला कारागार शाखाका २ सय १३  कैदीबन्दी र कर्मचारी सुरक्षाकर्मीलाई खोप दिइएको जनस्वास्थ्य प्रमुख सुबेदीले बताए । 


खोप लगाउनेमा त्रियुगा नगरपालिकाका १ सय ५१ जनासहित जिल्लाभरीका ४ सय ४२ स्वास्थ्यकर्मी छन् भने स्वास्थ्य संस्थाका कर्मचारी ३४ लाई दिइएको छ । खोप लगाउनेमा २ सय ८४ महिला स्वास्थ्य स्वयंसेविका, ९२ सुरक्षाकर्मी र ३५ जना एम्बुलेन्स तथा शव बाहन चालक रहेका छन् । त्यसैगरी शव व्यवस्थापनमा खट्ने सुरक्षाकर्मी १७ तथा कैदीबन्दी २ सय १३ रहेका छन् ।    

उदयपुमा कोविड खोप अभियान चलाउन प्रदेश सरकारले २ सय ८३ भ्याक्सिन भायल उपलब्ध गराएको थियो । जसमध्ये १ सय १० भायल खर्च भएर १ सय ७३ भायल बाँकी रहेको छ । त्यस्तै ४ हजार सिरिन्जमध्ये १ हजार ३ सय ६० खर्च भएर २ हजार ६ सय ४० बाँकी रहेको र प्राप्त भएको ५० सेप्mटी बक्समध्ये १६ वटा खर्च भएर ३४ वटा बक्स बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 


प्रतिव्यक्ति खोप दिँदा शून्य दशमलव ५ मिलिलिटर औषधि दिने व्यवस्था स्वास्थ्य मन्त्रालयले गरे अनुसार लक्षित समूहलाई १६ बर्गमा बिभाजित गरेर भ्याक्सिन दिइएको छ । पहिलो बर्गमा सरकारी तथा नीजि अस्पतालका स्वास्थ्यकर्मी परेका छन् भने दोस्रोमा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, तेस्रोमा महिला स्वास्थ्य स्वयंसेविका, चौथो सरसफाईकर्मी र पाँचौंमा एम्बुलेन्स तथा शवबाहन चालक बर्गीकृत भएका छन् ।


छैठौं बर्गमा शव व्यवस्थापनमा खट्ने सुरक्षाकर्मी, सातौमां बृद्धाश्रममा बस्ने व्यक्ति र हेरचाह गर्ने कर्मचारी, आठौं कैदीबन्दी तथा सुरक्षाकर्मी, नवौं अन्तराष्ट्रिय प्रवेशद्वारका कर्मचारी, दशौं ७५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य सरकारले बनाएको छ । त्यस्तै एघारौं बर्गमा ५५ देखि ७४ वर्षका नागरिक, बाह्रौं ४० देखि ५४ वर्षसम्मका दीर्घरोगी, तेह्रौं वैदेशिक रोजगारबाट फर्केका व्यक्ति र शरणार्थी, चौधौं ४० देखि ५४ वर्षसम्मका नागरिक, पन्ध्रौं १८ देखि ३९ वर्षसम्मका व्यक्ति र सोह्रौंमा सर्वसाधारण खोपको हकदार बनाइएको छ । 


स्वास्थ्य कार्यालयले दोस्रो चरणको खोप अभियान पनि छिट्टै सञ्चालन गर्ने जनाएको छ । छिमेकी मुलक भारतले निशूल्क अनुदानमा दिएको १० लाख भायल औषधिबाट कोविडविरुद्धको पहिलो चरणको खोप अभियान चलाइएको हो । अर्को छिमेकी मुलुक चीनले पनि ४ लाख भायल खोप अनुदान दिने घोषणा गरिसकेको छ । 

साथै प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने ज्ए कम्पनीको कलर प्रिन्टर समेत फेला पारी वरामद गरेको छ भने कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ । यसरी बरामद गरिएको औषधी र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।