चट्याङ लागेर मृत्यु

२0७७ माघ २५ आईतवार
चट्याङ लागेर मृत्यु

ओखलढुङगा

चट्याङको झट्काले ओखलढुङगामा एकजनाको ज्यान गएको छ । शनिबार परेको चट्याङले जिल्लाको मोलुङ गाउँपालिका- ६ नयाँवनका २४ वर्षीया छम्जी शेर्पाको ज्यान गएको हो । 


साँझ ५ बजेतिर परेको चट्याङले आफ्नै घरमा बसिरहेकी शेर्पाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगालाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


जाडोबाट गर्मीतर्फ मौसम बद्लीसँगै हावाहुरी, वर्षा र चट्याङजस्ता प्राकृतिक प्रकोपको जोखिम समय आएकाले त्यसबाट बँच्न पूर्व तयारी गरेर बस्नुपर्ने मौसमविदहरुले बताएका छन् ।