संसद पुनस्र्थापना गर्न माग गर्दै ट्रेड युनियनको विरोध र्याली

२0७७ माघ २४ शनिबार
संसद पुनस्र्थापना गर्न माग गर्दै ट्रेड युनियनको विरोध र्याली

गाईघाट

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै ट्रेड युनियन कांग्रेस, उदयपुरले शनिबार बिरोध र्याली निकालेको छ । युनियतमा आबद्ध बिभिन्न संघसंगठनमा आबद्ध नेता कार्यकताहरुले  उदयपुर सदरमुकाम गाइघाटमा दिउसो र्याली प्रदर्शन गर्दै संसद बिघटनको बिरोध गरेको हो । 


बजार परिक्रमापछि स्थानीय लोकतान्त्रिक चोकमा आयोजित कोषणभामा बोल्दै नेपाली कांग्रेसका नेताहरुले ५ वर्षसम्म सरकार सञ्चाल गर्न जनताले दिएको म्यान्डेटलाई ३ वर्षमै असंवैधानिक कुमाफर्त संसद बिघटन गरेको आरोप लगाए । उनीहरुले जनताको आवाज बोल्ने ठाउँ भंग गरेर ओली सरकारले जनविरोधी काम गरेकाले बाध्य भएर सडक आन्दोलनमा उत्रनु परेको बताए । 


ओली कदमलाई निरंशुताको संज्ञा दिदै नेताहरुले संसद पुनस्र्थापना गर्नुको बिकल्प नरहेको बताए । उनीहरुले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेर ओलीको असंवैधानिक कदमलाई पराजित गर्ने ठोकुवा पनि गरे । विरोध र्यालीमा कांग्रेसनिकट बिभिन्न दर्जन बढी भातृ तथा भगिनी संघसंगठनको सहभागिता रहेको जनाइएको छ ।