टेम्पु चोकबाट ३ ट्यापे पक्राउ

२0७७ माघ २0 मंगलवार
टेम्पु चोकबाट ३ ट्यापे पक्राउ

गाईघाट

गाईघाटको टेम्पुचोकबाट लागुऔषध ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् । सोमबार साँझ बजार निस्केको गस्ती प्रहरीले टेम्पुचोकमा टहलिहिडेका ३ जनालाई शंका लागेर चेकजाँच गर्दा ट्याब्लेट बोकेको फेला परेपछि उनीहरु पक्राउ परेका हुन् ।


उनीहरुमाथि शंका लागी चेकजाँच गर्दा बिभिन्न खाले लागुऔषध फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार साँझ ५ः३० बजे १३ थान डाईजेल्याव, १४ थान नर्फिन र ९ थान फेनार्गन गरी ३६ थान प्रतिबन्धित लागुऔषधसहित त्रियुगा ११ का १७ वर्षीय रविन राई, २६ वर्षीय प्रभात राई र १९ वर्षीय सन्देश राउत पक्राउ परेका हुन् । 


पक्राउहरुबाट २ थान मोवाईल र एउटा एसएलआर क्यामेरासमेत बरामद भएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । उनीहरु तीनै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको गौतमले बताए ।