भीरबाट लडेर घलेको निधन 

२0७७ माघ १८ आईतवार
भीरबाट लडेर घलेको निधन 

उदयपुर
भीरबाट लडेर संखुवासभाका एक पुरुषको शनिबार निधन भएको छ । गाउँ घुमेर घर फर्कने क्रममा भीरबाट लडेर जिल्लाको सभापोखरी नगरपालिका ३ फुकामका ५२ वर्षीय सुर्यबहादुर घलेको निधन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 


संखुवासभाकै पावाबाट घर फर्कने क्रममा स्थानीय बालिंगे भीरबाट लडेर घलेको घट्नास्थलमै मृत्यु भएको कुरा आईतबार विहान खवर आएपछि स्थानीय प्रहरी चौकी बाह्रविसेलाई उद्धृत गर्दै प्रदेश प्रहरीले जनाएको छ । घट्नास्थल पुगेको प्रहरी चौकीको टोलीले सर्जमिन मुचुल्का गरी सव पोष्टमार्टमका लागि अस्पताल पठाएको जनाएको छ । 


घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभालाई उद्धृत गर्दै प्रदेश प्रहरी प्रवक्ता डिएसपी विपिन रेग्मीले बताएका छन् ।