कुपोषणबाट बचाउँन तालिम

२0७७ माघ १७ शनिबार
कुपोषणबाट बचाउँन तालिम

उदयपुर


मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुरले कुपोषणबाट बालबालिकालाई कुपोषणबाट बँचाउन जिल्लाका स्वास्थ्यकर्मीलाई ‘प्रशिक्षक प्रशिक्षण’ दिएको छ । संस्थाले ‘एकीकृत पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना’अन्र्तगत  सातदिने तालिम दिएको हो । 


वल्र्डभिजन इन्टरनेशनलको सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको समन्वयमा आयोजित तालिममा चौदण्डीगढी नगरपालिकाबाहेक ७ वटा स्थानीयतहका २६ स्वास्थ्यकर्मी सहभागी थिए । पोषण सवालमा एकीकृत प्याकेजसम्बन्धी तालिम चलाउन आवश्यक ज्ञान, सिप र व्यवस्थापकीय कलाको क्षमता गराउने उदेश्यले तालिम सञ्चालन गरिएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए । 


कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता विकासबारे व्यवस्थापकीय कला सिकाइएको तालिममा कुपोषणको अधिक संभावना हुने ५ वर्षमुनिका बालबालिकालाई कुपोषणबाट बचाउँने बिधि र तारिकाबारे बिषयविज्ञ कुवेर अधिकारी र कृष्ण गिरीले प्रशिक्षण दिएकाा थिए । 


कुपोषणबाट बचाउँन बालबालिकालाई पर्याप्त स्वास्थ्य सेवा उदयपुरबाटै उपलब्ध गराउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइएको हो । यसअघि सप्तरीको राजविराज, ओखलढुंगा र विराटनगरबाट लिनुपर्ने बाध्यता रहेको पोषण सेवा तालिमपछि उदयपुरबाटै लिन सकिने संस्थाले जनाएको छ