संसद विघटनको कदम प्रतिगामीः पूर्वमन्त्री बस्नेत

२0७७ माघ १४ बुधबार
संसद विघटनको कदम प्रतिगामीः पूर्वमन्त्री बस्नेत


उदयपुर 


उदयपुरका पुराना राजनीतिज्ञ राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटनको कदमलाई प्रतिगमनको संज्ञा दिएका छन् । पार्टी कामको सिलसिलामा गृहजिल्ला उददयपुर आएका पुर्वमन्त्री बस्नेतले मंगलबार बोक्सेमा आयोजित पत्रकार सम्मेलनमा ओलीको प्रतिगामी कदमविरुद्ध राप्रपा सशक्त विरोधमा उत्रने बताए । 


बस्नेतले ओलीले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने मागसमेत गरे । संसद बिघटन भएपछि ओली पनि सांसद नरहेको अवस्थाले कामचलाउ प्रधानमन्त्रीको हैसियतमा पुगेको भन्दै बस्नेतले ओलीलाई तत्काल राजीनामा दिन सुझाए । ‘ओली आफैले संसद बिघटन गरिसकेकाले त्यहीँ संसदबाट चुनिएको प्रधानमन्त्रीको पद अव रहेन’ बस्नेले भने ‘निर्वाचित प्रधानमन्त्री रहने हो भने संसद पुर्नस्थापना गर्नु पर्यो कि राजीनामा दिनु पर्यो ।’


बैशाखमा चुनाव गर्छु भन्दै प्रधानमन्त्रीमा बसिरहनु अवैधानिक भएको भन्दै बस्नेतले प्रतिगमनतर्फ उन्मुख ओली कदमविरुद्ध राप्रपा विरोधमा उत्रिएको भन्दै ओली सरकारले गराउने निर्वाचनमा सहभागी नहुनेसमेत स्पष्ट पारे । अहिलेकै अवस्थामा जवरजस्ती सरकारले चुनाव गराए हिजो राजाले गराएको निर्वाचनमा दलहरु सहभागी नभए जस्तै हुने उनको भनाई थियो । निर्वाचन गर्न एकपक्ष मात्र नभएर सबै दललाई समझदारीमा ल्याएर साझा व्यक्तिको खोजीको नेतृत्वको सरकारबाट गराउनुपर्ने उनको भनाई थियो । 


पुर्वमन्त्री बस्नेतले प्रतिनिधिसभा विगटन भएको अवस्थामा साझा व्यक्तिबाट निर्वाचन नभए मुलुकमा ठुलो संकट आउनसक्ने खतरा पनि औंल्याए । राष्ट्रियता, प्रजातन्त्र र उदारवाद राप्रपाको बटमलाईन भएको भन्दै वरिष्ठ नेता बस्नेतले दलीय शासन व्यवस्थामा राष्ट्रपति साझा बन्नुपर्नेमा विद्या भण्डारी साझा हुन नसकेको आरोप पनि लगाए । 


मन्त्री बस्नेतले मुलुकको प्रमुख पद सम्हाल्ने व्यक्ति पार्टी निकटभन्दा पनि साझा व्यक्ति हुनु पर्ने धारणा राख्दै भने ‘त्यस्तो साझा थलोमा बस्ने व्यक्ति पार्टी निकट भएमा पार्टीको धारणामा वहकिने खतरा हुन्छ ।’ त्यो ठाउँमा कार्यकारी नभई गहनाको रुपमा राजा र हिन्दु धर्मसापेक्ष राष्ट्र हुनुपर्ने बतनाए । को खोजीमा रहेको भन्दै बस्नेतले सहयोगका लागि सबैलाई अपिलसमेत गरे । 


पुर्वमन्त्री बस्नेतले राजसंस्था र हिन्दु राष्ट्र जनमत स्रग्रहबाट नभई जनताको बलबाट आउने पनि बताए । मुलुकको स्थायीत्वका लागि जनताले कम्युनिष्ट पार्टीलाई दुईतिहाईनजिक मत दिएर पठाए पनि त्यसको उपयोग गर्न नसकेको आरोप लगाए । १० वर्षे जनयुद्ध छेंडेका पुष्पकमल दाहाल प्रचण्डप्रति जनताको धेरै आशा रहे पनि कुर्सीमा पुगेपछि त्यसको अपमान भएको उनको आरोप थियो । 


पत्रकारहरुसुाग मुलुकको समसामयिक परिस्थितिका बारेमा एकघण्टा बेलिबिस्तार लगाएका बस्नेतले पञ्चायती व्यवस्थापछि पत्रकारले राप्रपा र त्यसका नेताहरुलाई बेवास्ता गरेको गुनासो पोखेका थिए ।