ट्याक्टरबाट खसेर बालक ठहरै

२0७७ माघ १३ मंगलवार
ट्याक्टरबाट खसेर बालक ठहरै

उदयपुर

कटारीमा ढुंगा बोकेको ट्याक्टरबाट खसेर मंगलबार एक बालकको निधन भएको छ । कटारी नगरपालिका ४ स्थित मरुवा खोलाबाट ढुंगा बोकेर सिम्लेतर्फ जाँदै गरेको स १ त ६८२२ नं. को ट्याक्टरबाट खस्दा सोही ठाउँका ५ वर्षीय बालक अमिर तामाङको निधन भएको हो ।


दिउसो २ः०० बेज ट्याक्टरबाट लडेर टायरमा ठोक्किन पुग्दा गम्भीर घाईते भएका बालकको उद्धार गरी कटारी अस्पतालमा उपचारार्थ ल्याइएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि विराटनगर लाँदै गर्दा बाटैमा साँझ ५ः१५ बजे बालकको निधन भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


कटारीबाट अन्दाजी २ किलोमिटर उत्तरमा रहेको घट्नास्थलमा पुगेर प्रहरी टोलीले सर्जमिन मुचुल्का गरी बालकको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा बुझाएको छ । इप्रकाले ट्याक्टर र चालक कटारी नगरपालिका ४ का ३१ वर्षीय जीवन राईलाई नियन्त्रणमा लिएको छ । 


घट्नाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जनाएका छन् ।