मुख्यमन्त्री शेरधनले लगनगाँठो कसे 

२0७७ माघ ११ आईतवार
मुख्यमन्त्री शेरधनले लगनगाँठो कसे 

उदयपुर


"विहेबारी ५० पारी" भन्ने नारालाई चरितार्थ गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले लगनगाँठो कसेका छन् । ४९ वर्षीय मुख्यमन्त्री राईले आफूभन्दा आधा कम उमेरकी २५ वर्षीया मोडल जाङ्मु एन शेर्पासँग आईतबारदेखि दाम्पत्य जीवन सुरु गरेका हुन् । 


लामो समयदेखि प्रेम सम्वन्धमा रहेका उनीहरुबीच राजधानीको एलिस पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा नेकपाका सीमित नेता तथा आफन्त र परिवारजनको उपस्थितिमा किराती र शेर्पा परम्परा अनुसार बिबाह सम्पन्न भएको हो । बिबाहमा मौलिक किराती भेषभुषा र शेर्पा पहिरनमा सजिएर दुवै समुदायको परम्परा अनुसार बिहे गरेको उनीहरुको फोटो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । 


पुख्र्यौली घर भोजपुरको हतुवागढी भएका राई र आमा बाउ अमेरिकामा रहेका शेर्पाको पुख्र्यौली घर संखुवासभा हो । तत्कालीन एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीति यात्रा सुरु गरेका राई भोजपुरबाट दुईपटक प्रतिनिधिसभामा निर्वाचित भईसकेका छन् । 


०७० को निर्वाचन जितेपछि बनेको केपी ओली सरकारमा सञ्चारमन्त्रीसमेत भईसकेका राई ०७४ को प्रदेशसभा चुनाव भोजपुरबाटै जितेर मुख्यमन्त्री भएका हुन् । काठमाडौं बस्दै आएकी मोडल शेर्पा मिस मंगोल २०१८ विजेता हुन् भने १३ वर्षकै उमेरमा मिस टिन नेपालको उपाधिसमेत विजेता हुन् ।