भीरबाट लडेर वडा सदस्यको निधन

२0७७ माघ ११ आईतवार
भीरबाट लडेर वडा सदस्यको निधन

खोटाङ


खोटाङको साकेला(गाउँपालिकाका एक वडा सदस्यको भीरबाट लडेर निधन भएको छ । साकेला २ रतन्छाका वडा सदस्य ५७ वर्षीय रत्नप्रसाद फुयलको शनिबार भीरबाट लडेर निधन भएको हो ।


घरदेखि साकेला(२ मबुस्थित भाईको घरमा धामी बस्न जादै गर्दा एक्कासी खहरे खोलाको भीरबाट लडेर झण्डै ३ सय मिटर तल खस्दा फुयालको घटनास्थलमौ निधन भएको प्रहरीले जनाएको छ । आफन्तले दिएको खवर पाएलगत्तै गएको प्रहरी चौकी रतन्छाको टोाली घट्नास्थल पुग्दा उनको निधन भईसकेको बताइएको छ । 


प्रहरी टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । फुयाल तत्कालीन नेकपा माओबादीबाट वडा सदस्यमा विजयी भएको बताइएको छ ।