भारतीय महिलाको नेपालमा लागुऔषध व्यापार

२0७७ माघ १0 शनिबार
भारतीय महिलाको नेपालमा लागुऔषध व्यापार

बिराटनगर

बिराटनगर महानगरपालिका १५ स्थित सीमाक्षेत्रबाट प्रतिबन्धित लागुऔषधसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी ४ की ४० वर्षीया लक्ष्मीदेवी साह रहेको प्रदेश प्रहरीले जनाएको छ । 


शुक्रबार सीमा प्रहरी चौकी रानीबाट खटेको टोलीले  स्पास्मो प्रोक्सिजन नामक ट्याब्लेट ७ सय २० थान र फेनारगन ६० थानसहित साहलाई पक्राउ गरेको हो । 


त्यसैगरी झापा दमक नगरपालिका ८ स्थित सेतुमारी रोडबाट दुई जना लागुऔषध खैरो हिरोईन (ब्राउनसुगर)सहित पक्राउ परेका छन् । को २१ प १०३ नम्बरको मोटरसाईकलमा सवार मोरङ रतुवामाई गाउँपालिका २ का २१ वर्षीय कनैया गनगाई र रतुवामाई ८ का २० वर्षीय राजकुमार गनगाईलाई ३६ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । 


शुक्रबार विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटेको टोलीले चेकजाँच गर्ने क्रममा लागुआँैषध फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद ४ हजार ७ सय रुपैयासमेत बरामद भएको  इलाका प्रहरी कार्यालय दमकले जनएको छ ।

 

यसैगरी झापाको मेचीनगर(नगरपालिका ६ को मेची पुलबाट मोरङ उर्लावारी(नगरपालिका २ का ३१ वर्षीय  सुजन परियार शुक्रबारै लागुऔषध सहित पक्राउ परेका छन् । उनको साथबाट लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।

पक्राउ परेका चारैजनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु एको छ भने कारबाहीका लागि प्रक्रिया अघि बढाइएको प्रदेश प्रहरी प्रवक्ता डिएस्पी बिपीन रेग्मीले बताएका छन् ।