सुमोसँग ठोक्किदा अटो चालकको निधन, ४ घाईते

२0७७ माघ ९ शुक्रबार
सुमोसँग ठोक्किदा अटो चालकको निधन, ४ घाईते

बेलटार 
बिहीबार चौदण्डीगढी नगरपालिका ६ बेल्टार द्वार खोलामा अटो र सुमो एकापसमा ठोक्किदा अटो चालकको निधन भएको छ । अटोमा सवार ४ जना घाईते भएका छन् । 


मदन द्वार खोलास्थित भण्डारी लोकमार्गमा पूर्वबाट आउँदै गरेको स १ च १४४६ नम्बरको टाटा सुमो र बिपरित दिशाबाट जाँदै गरेको प्र २ ९ ०१ – ह ०७७४ नम्बरको अटो एकापसमा ठोकिदा अटो चालक चौदण्डीगढी ६ सिर्वानीका २६ वर्षीय हेमराज रार्इको निधन भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परी गम्भीर घाईते भएका चालक राईलाई उद्धार गरी उपचारार्थ बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाँदा बाटैमा निधन भएको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ । 


टेम्पोमा सवार अन्य चार जना भने घाईते भएका छन् । घाईते हुनेमा अटोमा सवार त्रियुगा नगरपालिका १ रूपनीका ३६ वर्षीय सुरेन्द्र बस्नेत, उनकी पत्नि ३५ वर्षीइया कल्पना, छोरा ५ वर्षीय सुभाष र ५७ वर्षीया साबित्रा कार्की रहेको प्रहरीले जनाएको छ । घाईते सबैको धरानमै उपचार भईरहेको प्रहरीले जनाएको छ । 

टाटा चालक त्रियुगा नगरपालिका ११ का ३७ वर्षीय चन्दनकुमार साहलाई सुमोसहित नियन्त्रणमा लिएर अनुसन्धान थाएिको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।