सशस्त्र प्रहरीले जित्दा बिराटनगर र वालिङ बराबरीमा रोकिए        

२0७७ माघ ८ बिहीबार
सशस्त्र प्रहरीले जित्दा बिराटनगर र वालिङ बराबरीमा रोकिए        

बुद्धि चामलिङ
काठमाडौ


हिजोदेखि काठमाडौंमा सुरु राष्ट्रिय महिला लिग फुटबलको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले चन्द्रपुरलाई ६(० ले हराउँदै ३ अङ्क जोडेको छ । एपिएफका लागि साबित्रा भण्डारी एक्लैले ३ गोल गरी ह्याट्रिक गर्दै अंक जोड्न टिमलाई सफल बनाएकी हुन् । 


विहान ११ः३० देखि सुरु खेलको १४ औं मिनटमै पहिलो गोल भण्डारीले गरिन् । दोस्रो गोल अन्जलीकुमारी योन्जनले खेलको २२ औं मिनेटमा गरिन् भने ६२ औं मिनेटमा पुनः भण्डारीले गोल गर्दै टिमलाई ३-० ले अघि बढाएकी थिईन् । चौथो गोल टिम कप्तान अनिता बस्नेतले ६४ औं मिनेटमा गरिन् भने ७२ औं मिनेटमा पुनः भण्डारीको प्रहार गोलमा परिणत भएर ह्याट्रिक गर्दै एपिएफलाई ५-० को अन्तरले अगाडि बढाईन् । 


अन्डर १६ की टिम क्याप्टेन पृति रार्इले यही खेलबाट राष्ट्रिय खेलमा डेब्यु गर्र्दैं ८९ र्औ मिनेटमा गोल गरेर एफिएफलाई ६-० को शानदार जित बनाउन सफल भईन् । खेल अबधिभर चन्द्रपुर नगरपालिकाले कुनै गोल गर्न सकेन । २ः३० बजे सुरु भएको दोस्रो खेलमा बिराटनगर महानगरपालिका मोरङ र वालिङ नगरपालिका स्याङ्जाले १ण्(१ गोलको बराबरी गर्दै १-१ अङ्क बाँडेका छन् । खेल सुरु भएको २ मिनेटमै वालिङका लागि स्ट्राइकर सम्झना शर्माले कर्नरबाट आएको बललाई ब्याक हेडिङ गर्दै पहिलो गोल गर्न सफल भएकी थिईन् । 


त्यसपछि वालिङले कुनै गोल गर्न सकेन भने बिराटनगरका लागि आशा कुमारीले खेलको ६८ औं मिनेटमा २५ यार्ड टाढाबाट आएको बललाई जवाफी प्रहार गर्दा वालिङका गोलरक्षक सावित्री किशनको हातको को पन्जाबाट फुत्केर बल गोल हुन पुग्यो । यही गोलले  बिराटनगरलाई १ अंक पाउन सहयोग गरेको हो । वालिङका लागि क्यामरुनबाट ४ विदेशी खेलाडी ल्याउने पक्का भए पनि बिहीबारको खेलमा बिराटनगरविरुद्ध खेल्न भने उनीहरु नआईपुगेको टिम कोचले जनाएको छ । 


बिराटनगरको टिममा भने आज ३ भारतीय खेलाडी सहभागी थिए । त्यस्तै चौदन्दीगढी नगरपालिकाले बङ्गलादेशका ४ खेलाडी राख्ने प्रयास गरे पनि अझैसम्म खेलाडीको व्यस्तता र अभाबले राख्ने नराख्ने टुङ्गो नभएको जनाएको छ । चन्द्रपुर नगरपालिका रौतहटले पनि आजको खेलमा विदेशी खेलाडी राखेको पाइएन । 


भोलि शुक्रबार हुने दिउँसो २ बजे खेल सुरु हुने बताइएको छ । एन्फा कम्पेक्स सातदोबाटो खेलमैदानमा भईरहेको प्रतियोगितामा चौदण्डीगढी उदयपुर र नेपाल पुलिस क्लबबीच भोलि प्रतिस्प्र्धा हुनेछ । चौदन्दीगढीको टिम काठमाडौंको सुन्धारास्थित देबदह होटलमा बसेको छ । 


मैदान अभावमा अभ्यास गर्न नपाए पनि लिग जित्ने योजनाका साथ सहभागी भएको चौदण्डीगढीले ट्रफि उचाल्छ उचाल्दैन भन्ने हेर्न भने केही समय कुर्नुपर्नेछ ।