गरिव र विपन्नलाई प्रहरी श्रीमति संघको न्यानो कपडा र कम्बल

२0७७ माघ ६ मंगलवार
गरिव र विपन्नलाई प्रहरी श्रीमति संघको न्यानो कपडा र कम्बल

बिराटनगर,

प्रदेश १ प्रहरी श्रीमती संघले जाडोको न्यानो कपडा र कम्बल बितरण गरेको छ । संघको सामाजिक कार्यमा सहभागिता योजना अन्तर्गत गरिव तथा असह्याय व्यक्तिहरुलाई बढ्दो जाडोमा न्यानो कपडा र कम्बल बितरण गरेको हो । 


मोरङको धनपालथान गाउँपालिका(३ बेतौनाका ५० घरधुरी गरिव तथा बिपन्न परिवारलाई ५० थान तथा रङगेली नगरपालिका(२ बेतौना झोडाका ५० घरधुरी परिवारलाई ५० थान गरी १ सय घर परिवारलाई कम्बल र न्यानो कपडा मंगलबार वितरण गरेको हो ।

 

मंगलबार दिउँसो आयोजित कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीजना थापा कार्कीले कपडा र कम्बल बितरण गरिन् । कार्यक्रममा उनले १ सय जना असहाय महिला तथा पुरुषलाई कुर्ता सुरुवाल, र सर्ट पाईन्टलगायत न्यानो लत्ता कपडासमेत बितरण गरिन् ।

 

कपडा बितरण गर्दै अध्यक्ष कार्कीले प्रहरी  श्रीमती संघले बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको बताउँदै यस्तो सामाजिक कार्यमा संघ अझ क्रियाशिल भएर अगाडि बढ्ने बताईन् । कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा स्थानियवासीको उपस्थिति थियो ।

 

श्रीमति संघले बेला बेलामा यस्ता बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको प्रदेश प्रहरी प्रवक्ता डिएसपी बिपिन रेग्मीले बताएका छन् ।