टिपर दुर्घटनामा ३ को निधन

२0७७ माघ ५ सोमबार
टिपर दुर्घटनामा ३ को निधन

सोलु

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका(११ बरडाँडामा टिपर दुर्घटनामा परी ३ जनाको निधन भएको छ । सोलु हाईड्रोपावरको पुरानो रड र तारहरु बोकेको सिई कम्पनीको बा ४ ख ७९८०  नंम्बरको टिफरआईतवार राति ११ः४० बजे दुर्घटना हुँदा उनीहरुको निधन भएको हो । 


सोलुको २३.५ हाईड्रो साल्मेबाट ८६ हाईड्रोतर्फ गईरहेको टिपर नेचासल्यान जाने भित्री सडकखण्डमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार बाग्मती नगरपालिका(४ मकवानपुरका ३३ वर्षीय राजकुमार मगर, सुरुङगा नगरपालिका(८ सप्तरीका १९ वर्षीय कृष्णराज चौधरी र धार्दिङका ३० वर्षीय कमल मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 


दुर्घटनामा घाईते हेटौडा फापरवारीका २२ वर्षीय रमेश मगरको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।