ट्रकको ठक्करले मोटरसाईकल यात्रीको निधन

२0७७ माघ ४ आईतवार
ट्रकको ठक्करले मोटरसाईकल यात्रीको निधन

सुनसरी

 

सवारी दुर्घटनामा परी सुनसरीका छुट्टाछुट्टै दुई ठाउँमा दुईजनाको निधन भउको छ । शनिवार राति सवा ७ः०० बजेको समयमा ईटहरी उपमहानगरपालिका(२ आपगाछीमा ट्रकको ठक्कर लाग्दा मोटरसाईकल चालक धरान उपमहानगरपालिका १० का ३० वर्षीय बिक्रम चेम्जोङको निधन भएको प्रहरीले जनाएको छ । 

 

इलाका प्रहरी कार्यालय इटहरकिा अनुसार ठक्करबाट घाईते को ३२ प ६७१६ नम्बरको मोटरसाईकल चढेर धरानबाट ईटहरीतर्फ आउँदै चेम्जोङलाई विपरित दिशाबाट आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । गम्भीर घाईते भएका चेम्जोङको उपचारको क्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति सवा ८ बजे निधन भएको हो । 

 

त्यसैगरी सुनसरीकै बराहक्षेत्र नगरपालिका १ रानीखोलामा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडी सवार कानेपोखरी गाउँपालिका(१ का २६ वर्षीय सनम याख्खाको निधन भएको प्रहरीले जनाएको छ । चतराबाट बराहक्षेत्रतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४९७१ नंम्बरको मोटरसाईकल आफै दुर्घटनामा पर्दा घाईते याख्खाको बिराट नर्सिङहोममा उपचारको क्रममा राति सवा १२ बजे निधन भएको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।  दुवै घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।