उदयपुर नेकपामा 'हायर र फायर'

२0७७ माघ ३ शनिबार
उदयपुर नेकपामा 'हायर र फायर'

उदयपुर

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विभक्त हुँदै गएको सत्तारुढ दल नेकपाले देशव्यापी रुपमा एकपक्षले अर्कापक्षलाई कारबाही गर्ने तथा नयाँलाई मनोनित गर्दै जिम्मेबारी तोक्दै आएको छ । 


यसैक्रममा उदयपुरमा प्रचण्ड माधव समूहको नेकपाको शुक्रबार सम्पन्न जिल्ला कमिटी बैठकले स्थानीयतह र जनवर्गीय संगठनहरुको जिम्मेबारी हेरफेर गर्ने निर्णय गरेको छ । विभाजनअघि १ सय ६१ सदस्यीय कमिटी रहेकोमध्ये १ सय ५ जनाको उपस्थितिमा सम्पन्न बैठकले नगरपालिका, गाउँपालिका र बिभिन्न जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज तोक्दै केहीलाई कारबाही गरेको सचिव ईश्वरमणि राउतले बताए । 


बैठकले बेलका नगर इन्चार्जमा धनपति आचार्य र सहइन्चार्जमा राकेश किरातीलाई जिम्मेबारी दिएको छ भने चौदण्डीगढी नगर इन्चार्ज र सहइन्चर्जमा क्रमशः कुमार खड्का र चुना थापामगरलाई तोकेको छ । 

 
त्रियुगा नगर इन्चार्जमा यदु ढकाल र सहइन्चार्जको जिम्मेबारी दिलबहादुर तामाङलाई दिएको बैठकले कटारी नगर इन्चार्जमा मणिसुन्दर श्रेष्ठ र सहइन्चार्ज किसुनलाल दनुवारलाई तोकेको छ । त्यसैगरी रौतामाई गाउँपालिका इन्चार्ज र सहइन्चार्जको जिम्मेबारी क्रमशः कैशाल बस्नेत र दिपेन्द्र दाहालले पाएका छन् भने उदयपुरगढी गाउँ इन्चार्ज देव गिरी र सहइन्चार्ज कर्णमाया मगरलाई तोकिएको छ । 


लिमचुङबुङ गाउँ इन्चार्जमा कृष्ण निरौला तोकिदा सहइन्चार्जको जिम्मेबारी डिकबहादुर राउतले पाएका छन् भने ताप्ली गाउँ इन्चार्जको जिम्मेबारी उद्धवसिंह थापाले पाएका छन् । ताप्लीमा सहइन्चार्ज पछि तोक्ने निर्णय भएको सचिव राउतले बताए ।


राउतका अनुसार बैठकले बेलका नगर कमिटी सचिव गणेश बस्नेत, चौदण्डीगढी अध्यक्ष राजेन्द्र कटुवाल, उदयपुरगढी गाउँ अध्यक्ष गोपाल खत्री र लिमचुङबुङ अध्यक्ष भलराज राईलाई जिम्मेबारीबाट हटाउने निर्णय गरेको छ । उनीहरुको ठाउँमा चौदण्डीगढीमा विसन विष्ट, उदयपुरगढीमा केशव कार्की र लिमचुङबुङमा विनोद राईलाई अध्यक्षको जिम्मेबारी तोकिएको छ भने बेलका नगर सचिव पछि तोक्ने निर्णय बैठकले गरेको छ । बैठकले त्रियुगा नगर कमिटी अध्यक्षमा केशब घिमिरेलाई जिम्मेबारी दिइएको बताए ।


बैठकले दुईवटै संघीय निर्वाचन क्षेत्रका संयोजक र सचिव तोक्ने निर्णय गरेको छ । जस अनुसार १ को संयोजक टेकबहादुर राउत र सचिवमा विमल किरातीलाई तोकेको छ भने २ नं. का संयोजक र सचिवमा क्रमशः एबिराज राई र हृदय तामाङलाई जिम्मेबारी दिने निर्णय गरेको छ ।


पार्टीले जनवर्गीय संगठनतर्फ प्रेस संगठन इन्चार्ज तुलसीप्रसाद कोइराला र सहइन्चार्ज सुखीलाल चौधरी, विद्यार्थी परिचालनतर्फ हेम खड्का, प्रतिक्षा ढुंगाना, विमल कार्की र सरोज अधिकारीलाई तोकेको छ । युवा परिचालनको जिम्मेबारी किशोर ताम्राकार, मोहन घिमिरे, दिपक दंगाल र सुपेन्द्र राईलाई तोकेको बैठकले खेलकुदमा नारायण अधिकारी, मजदुरमा चुडामणि पोखरेल र पदम दाहाल तथा लोकतान्त्रिक थारु संघको जिम्मेबारी सुनिता चौधरी, जयराम पंजियार, पशुपति चौधरी, देवनारायण चौधरी, सोमन चौधरी, शिवकान्त चौधरी र भवानी चौधरीलाई सुम्पने निर्णय गरेको छ । 


जिल्ला कमिटी अध्यक्ष विनोद कटुवालको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज बलदेव चौधरी, प्रदेश सदस्यहरु मोहन खत्री, मणि खम्बु, भेषकुमारी राउत, भिम अधिकारी, राजकुमार राई, अमर रायमाझी, काजीमान तामाङलगायतको उपस्थिति थियो ।