लागुऔषधसहित युवा पक्राउ

२0७७ पुष २९ बुधबार
लागुऔषधसहित युवा पक्राउ

उदयपुर


गाईघाटका एक युवा ८१ थान बिभिन्न खाले लागुऔषधसहित पक्राउ परेका छन् । सुराकीका आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले त्रियुगा नगरपालिका १२ त्रियुगा नगरपालिका १२ टेम्पुचोकका २१ वर्षीय सुशन राईलाई पक्राउ गरेको जनाएको छ । 
    

प्रहरीका अनसार लागुऔषध जिल्ला भित्रिदै गरेको भन्ने सुराकी पाएपछि खटेको टोलीले बुधबार दिउसो ४ः३० बजे त्रियुगा नगरपालिका ६ जलजलेमा चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारी निन्त्रणमा लिएको हो । राईको साथबाट डाईजेल्याप २७ एम्पुल (थान), फिनारगन २७ थान र लुपिजेसिक २७ गरी ८१ थान अवैध लागुऔषध बरादम भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । 


प्रहरीले जिल्लामा लागुऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत सबै युनिटलाई परिचान गरिरहेको र त्यही क्रममा लागुऔषका अम्मली, कारोबारी र दुव्र्यसनीहरु भकाभक नियन्त्रणमा पर्दै आएको जनाएको छ । पक्राउ राईलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको डिएसपी गौतमले बताएका छन् ।