जेसिसको नेतृत्व शबुको काँधमा

२0७७ पुष २५ शनिबार
जेसिसको नेतृत्व शबुको काँधमा

उदयपुर

उदयपुर जेसिसको जिम्मेबारी गाईघाटी शबु थापाको काँधमा आएको छ । अध्यक्षको जिम्मेबारी पाएसँगै थापाले शनिबार पदभार ग्रहण गरेकी छिन् । १० औँ स्थापना दिवसको अवसरमा जेसिस उदयपुरको निवर्तमान समितिले नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्दै पुरस्कार वितरण गरेको हो । 


११ सदस्यीय नवनिर्वाचित कार्यसमितिका अध्यक्ष थापालाई निवर्तमान अध्यक्ष ललित नायकले पद हस्तान्तरण गरे । कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि बलदेव चौधरीले जेसीस उदयपुरका संस्थापक अध्यक्ष लगायतलाई सम्मान तथा पुरस्कार वितरण गरे । 


नवनिर्वाचित कार्यकारीणी समितिका ६ उपाध्यक्षमा क्रमशः इश्वरमान राई, संगिता घिमिरे, बादल खतिवडा, पवन राउत, पिंकीज्वाला चौधरी र सुरज साह रहेका छन् । महासचिवमा विष्णु कार्की, कोषाध्यक्ष नविता यादव र कानुनी सल्लाहकारमा सौगात केसी छानिएका छन् ।


कार्यकारीणी समितिसँगै छानिएका अन्य पदाधिकारीमा थिम डाईरेक्टर अनिसा बुढाथोकी, ट्रेनिङ कोडिनेटर मिथुन ठाकुर र बजार व्यवस्थापक अमर ठाकुर छन् । कार्यकारीणी समितिलाई पूर्णता दिन बाँकी सदस्य भने वर्तमान अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको जेसिसले जनाएको छ ।