लुकाईराखेको 'अवैध काठ' बरामद

२0७७ पुष २४ शुक्रबार
लुकाईराखेको 'अवैध काठ' बरामद

उदयपुर

उदयपुर प्रहरीले अवैध काठ घरमा लुकाईराखेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिएको छ । गोप्य सुराकीका आधारमा खटेको इलाका प्रहरी कार्यालय रामपुरको टोलीले बेलका नगरपालिका ३ जोगिनीयास्थित अमर मंग्रातीको घरबाट अवैध काठ नियन्त्रणमा लिएको हो । 


अवैध काठ चोरी तस्करी हुने गरेको खवर पाएर छापा मार्दा मंग्रातीको घरभित्र लुकाएको अवस्थामा ५० थान चिरान काठ (बटम) फेला पारी बरामद गरेको जनाएको छ । बरामद काठ ५ फिट लम्बाईका १३ थान, ७ फिटका ४ थान, ७.५ फिटका १३ थान र ४ फिटका २० थान रहेको इप्रका रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


जम्मा २२.५० क्युविक फिट काठको स्थानीय मूल्य अनुसार २५ हजार रुपैंया बराबरको भएको बताइएको छ । बरामद काठ थप अनुसन्धानका लागि सवडिभिजन वन कार्यालय रामपुर ठोक्शीलाको जिम्मा लगाइएको छ ।