लागुऔषधका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

२0७७ पुष २३ बिहीबार
लागुऔषधका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

उदयपुर


लागुऔषध अपराधमा अदालतले ६ वर्षअघि दोषी ठहराए पनि फरार रहेका एक युवा पक्राउ परेका छन् । ६ वर्षअघि जिल्ला अदालतले लागुऔषध मुद्धामा अपराधी कसुर सावित गर्दै १० दिन सजायको फैसला सुनाए पनि भाग्दै आएका त्रियुगा नगरपालिका १२ बुद्धचोकका ३ं२७ वर्षीय रामकुमार डोम बिहीबार पक्राउ परेका हुन् । 


अदालतले डोमलाई ०७१ कात्तिक ९ गतेको इजलासबाट १० दिन कैद सजायको फैसला सुनाए पनि नै फरार थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष टोलीले खोजतलासको क्रममा बिहीबार मध्यान्ह उनलाई पक्राउ गरेको जनाएको छ । उनलाई बिहीबारै जिल्ला अदालतको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 


पछिल्लो समय बिभिन्न आपराधिक गतिबिधिमा संलग्न भई अदालतबाट दोषी प्रमाणित भए पनि फरार रहँदै आएका अभियुक्त भकाभक पक्राउ पर्दै आएका छन् । अदालतले दोषी ठहराएका ‘फरार सूची’मा परेकालाई हिजोआज प्रहरीले खोजीखोजी पक्राउ गर्ने अभियान थालेपछि भटाभट पक्राउ पर्न थालेको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए ।