अमेरिकामा हिंसाः प्रजातान्त्रिक देशका राष्ट्पतिको 'अप्रजातान्त्रिक' कार्य

२0७७ पुष २३ बिहीबार
अमेरिकामा हिंसाः प्रजातान्त्रिक देशका राष्ट्पतिको 'अप्रजातान्त्रिक' कार्य

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जो वाईडेनलाई राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणा गर्न अवरोध गर्दा एक महिलाको ज्यान गएको छ । 


आफु पराजित भएपछि ट्रम्पले जो वाईडेनलाई राष्ट्रपति घोषणा गर्ने प्रक्रिया नै अवरुद्ध पार्ने क्रममा राजधानी वाशिङ्टनंमा गोली लागेर महिलाको ज्यान गएको हो । हिंसापछि वाशिङ्टन डिसीमा अहिले कर्फ्यू सुरु भएको छ । 


संसद भवन (क्यापिटल बिल्डिङ)मा आयोजित अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेका बेला राष्ट्रपति निर्वाचित जो बाइडन विजयी भएको औपचारिक तथा कानुनी पुष्टि गर्ने कार्यक्रम बिथोल्न ट्रम्पले आफ्ना समर्थकलाई भेला गराएर प्रदर्शन सुरु गरेपछि हिंसा मच्चिदा चलेको गोलीले महिलाको ज्यान गएको समाचार एजेन्सीहरुले जनाएका छन् ।


कांग्रेस चलिरहेको सभाभित्रै छिरेका प्रदर्शनकारीले राष्ट्रपति चुनाव रद्द गर्न माग गर्दै तोडफोड गरेपछि हिंसा रोक्ने क्रममा नेशनल गार्डस्ले चलाएको गोली लागेर घाईते प्रदर्शनकारी महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु भपछि कफ्र्यु लगाइएको हो । 

चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएर हिंसा मच्चाउको भन्दै पूर्व राष्ट्रपतिहरुले भत्र्सना गरेका छन् भने ट्रम्पको यस्तो कदमप्रति विश्व राजनीतिले दुःख मनाउ गरेको छ ।