वातावरण बचाउँन 'हरित क्रान्ति' अभियान

२0७७ पुष २३ बिहीबार
वातावरण बचाउँन 'हरित क्रान्ति' अभियान

उदयपुर


कटारीस्थित ‘वातावरण बचाउका लागि हरित क्रान्ति (जिआरआई) नेपाल’ बिभिन्न शिक्षण संस्थाहरुमा फोहोर व्यवस्थापन गर्ने अभियान थालेको छ । जस अनुसार कटारीका क्याम्पस तथा विद्यालय हातामा फोहोर फाल्ने भाँडो (डस्टविन) बितरण गरेको हो । 


संस्थाले ‘क्लिन कटारी, ग्रिन कटारी’ कार्यक्रमअन्तर्गत वन क्याम्पस कटारीको अनेरास्ववियु र कटारी नगरपालिकाको साझेदारीमा डस्टविन बितरण गरेको हो । ‘परिवर्तनको सरुवात आफैबाट गरौं’ भन्ने नाराका साथ जिआरई नेपालले उदयश्री बहुमुखी क्याम्पस कटारी, वन क्याम्पस कटारी र अन्य विद्यालय परिसरमा फोहोर फाल्ने डस्टविन बितरण गरेको संस्थाका संयोजक प्रकाश महतराले बताए । 


उनका अनुसार विद्यालय तथा क्याम्पस परिसरलाई सफा, सुघ्घर र स्वच्छ वातावरणयुक्त बनाउने उदेश्यले डस्टविन वितरण गर्नुका साथै वातावरण बचाऊबारे बिभिन्न सन्देशमुलक होडिङबोर्डहरु पनि राखिएको छ । कटारी नगरपालिकाका उपमेयर भीमकुमारी राउत, वन क्याम्पस प्रमुख डा. गान्धिब काफ्ले, उदयश्री बहुमुखी क्याम्पस प्रमुख मुकेस थापा, अनेरास्ववियू वन क्याम्पस कटारीका अध्यक्ष युवराज भण्डारी र सचिव आशिष जिसीलागयतको टोलीले डस्टविन वितरण गरेको हो । 


दिनदिनै बिग्रदो वातावरणलाई बचाउँदै स्वच्छ र हरियाली बढाउन हरित क्रान्ति अभियान थालिएको जिआरईका सहसंयोजक प्रकृति कोईरालाले बताए । उनका अनुसार बढ्दो जलवायु परिवर्तनले विश्वलाई नै खतरामा पार्दै गएको हुनाले यसप्रति सचेत हुन सबैजना लागी पर्नुपर्ने खाँचो छ । त्यसका लागि सबै मिलेर वातावरण बचाउने अभियानमा लाग्नुपर्नेमा उनले जोड दिए । 


अनेरास्ववियु वन क्याम्पस कमिटी उपाध्यक्ष विशाल भण्डारीले वातवरणको रक्षा गर्न सके मात्र मानव जगतको रक्षा हुने भएकाले त्यसप्रति सबैले मिलेर आआफ्नो तहबाट लागी पर्नुपर्नेमा जोड दिएका थिए ।