बेहोस् वीरबहादुरको प्राण उड्यो

२0७७ पुष २२ बुधबार
बेहोस् वीरबहादुरको प्राण उड्यो

सुकौरा

त्रियृुगा नगरपालिका १६ का एकेन्द्र भन्ने वीरबहादुर मगर बुधबार विहान बेहोस् अवस्थामा भेटिए । रौतामाई गाउँपालिका ७ मुर्कुचीस्थित छौंड्या खोला किनारमा विहान ६ः०० बजे स्थानीयले लडिरहेको देखेर प्रहरी गुहारेपछि प्रहरी चौकी सुकौराबाट गएको टोलीले उनलाई उद्धार गरी उपचार गर्न पठायो । 


तर, जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा उनको विहान ८ः१५ बजे प्राण उडेको प्रहरीले जनाएको छ । २७ वर्षीय वीरबहादुरको मृत्युको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चिसोले वा अत्याधिक मादक पदार्थ सेवनले हो बेहोस् भएर लडेका उनमा कुनै रोग थियो कि भन्ने यकिन नभईसकेको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन् ।


मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ भने घट्नाबारे अनुसन्धान सुरु भएको छ ।