नामेटारमा ट्याक्टर दुर्घटना, चालक ठहरै, ४ घाईते

२0७७ पुष २२ बुधबार
नामेटारमा ट्याक्टर दुर्घटना, चालक ठहरै, ४ घाईते

माझखर्क


गाईघाटदेखि आउँदै गरेको ट्याक्टर तालथुम्कीमा दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने घर फर्कदै गरेका ४ जना गम्भीर घाईते भएका छन् । मान्छे र सामान बोकेर गाईघाटदेखि आउँदै गरेको प्र २–०१–००१ त १०१७ नं. को ट्याक्टर मंगलबार दिउँसो २ः०० बजे रौतामाई १ नामेटार दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका ७ का २० वर्षीय केशव विकको ज्यान गएको हो ।


दुर्घटनामा परी घाईते भएका विकलाई उपचार गर्न गाईघाट लाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।    दुर्घटनामा परी घर आउँदै गरेका नामेटारका ४८ वर्षीय कर्मध्वज तामाङ, २१ वर्षीय सन्तोष तामाङ, ३५ वर्षीया ज्ञानीमाया तामाङ र १९ वर्षीया सीता तामाङ गम्भीर घाईते भएका छन् । कर्मध्वजका दाँया खुट्टा र हात भाँचिएको छ भने सन्तोषका दुवै हात भाँचिएका छन् । ज्ञानीमायाका दुवै खुट्टा भाँचिएको र सीताको कम्मरमा चोट लागेको छ ।

 

उनीहरुलाई बुधबार विहान उपचारार्थ विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घट्नास्थल सदरमुकामदेखि झण्डै ६० किलोमिटर टाढा भएकाले उद्धार र उपचार गर्न ढिलाई भएकाले चालकको ज्यान गएको स्थानीयले अनुमान गरेका छन् ।