बसाहामा आगलागीबाट ३० लाख क्षति

२0७७ पुष १८ शनिबार
बसाहामा आगलागीबाट ३० लाख क्षति

उदयपुर

उदयपुरको चौदण्डीगढी नगरपालिका ३ बसाहा बँदेलपानीमा शनिबार राति भएको आगलागीबाट एउटा होटल र व्युटिपार्लर जलेर ध्वस्त भएको छ । शनिबार राति ६ः३० बजेको समयमा अचानक आगलागी हुन जाँँदा स्थानीय हीरा राईको घर र त्यसमा सञ्चालित होटल र व्युटिपार्लर जलेर नष्ट भएको हो । 
    

साँझ एक्कासी घरमा आगलागी हुँदा राईको पक्की भुईतले घरमा भएको होटल र व्युटिपार्लन जलेर नष्ट भएको छ । भुईमा पक्की र एकतलामाथि टीनको छानो भएको घरमा आगलागी भएर  ध्वस्त बनाएको चौदण्डीगढी ३ का वडाध्यक्ष पर्शुराम राईले बताए । वडाध्यक्ष राईका अनुसार सो घरको भुईतलामा व्युटिपार्लन थियो भने माथिल्लो तलामा होटल सञ्चालन गरिएको थियो । 


घरमा लागेको आगोले दुवै ध्वस्त बनाएको छ । राति अचालक भएको आगलागीले व्युटिपार्लर र होटलका केही सामान झिक्न नपाएको वडाध्यक्ष राईले बताए । आगलागीको खवर पाएलगत्तै घट्नास्थल पगेका इलाका प्रहरी कार्यालय बेलटारका निरीक्षक छे छिन्जु भोटे नेतृत्वको टोलीले आगो नियन्त्रण गर्न प्रयास गरेको थियो । 


उनका अनुसार विद्युत सर्ट भएर भएको आगलागीले  राईको घरभित्र रहेको सुनचाँदी, अन्नपात, भाँडावर्तन र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । इन्सपेक्टर भोटेका अनुसार आगलागीबाट राईको लगभग ३० लाख बराबरको क्षति भएको छ । उनले आगलागीबाट मानवीय तथा चौपाया भने क्षति हुन पाएन । 


आगलागीको घट्नाबारे जानकारी पाएलगत्तै गएको चौदण्डीगढी नगरपालिकाको दमकल तथा स्थानीयहरु भेला भएर लगभग २ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । घट्नाबाट पीडित परिवारलाई छिमेकीको घरमा सरण दिएर राखिएको वडाध्यक्ष राईले बताए । पीडित परिवारलाई तत्काल राहत दिन वडा र नगरपालिकाले प्रक्रिया अघि बढाएको उनले बताएका छन् ।