लागुऔषधसहित पक्राउ 

२0७७ पुष १८ शनिबार
लागुऔषधसहित पक्राउ 

उदयपुर


उदयपुर प्रहरीरले लागुऔषधसहित एक युवालाई नियन्त्रण्मा लिएको जनाएको छ । जिल्लाको बेलका नगरपालिका ३ का २० वर्षीय ककलाह माझीलाई लागुऔषधसहित ०७७ पुस १८ गते बेलुका अन्दाजी ७ः४० बजे नियन्त्रणमा लिएको हो । 


विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको गस्ती टोलीले बेलका ३ बाट कैलाशलाई शंका लागी चेकजाँच गर्दा १६ थान ट्यावलेट नाईट्राभेट लागुऔषधसहित नियन्त्रणमा लिइएको जनाएको छ । उनीसँगै घट्नास्थलबाटै भागेका फरार प्रतिवादी सोही ठाउँका २२ वर्षीय पुस्प खत्रीलाई पनि नियन्त्रणमा लिएको जनाइको छ । 


प्रहरीले खत्रीलाई एकदिनअघि नै नियन्त्रणमा लिएको जनाएको छ । घरमै लुकी बसेको भन्ने विशेष सूचनाको आधारमा खटेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको विशेष टोलीले शुक्रबार साँझ ६ः०० बजे घरबाटै खत्रीलाई नियन्त्रणमा लिएको जनाएको छ । 


पक्राउ दुवैलाई आवश्यक कारबाहीका लागि कानुनी कारबाही अघि बढाइएको इप्रकाले जनाएको छ ।