कोविड महामारीको १ वर्षः विश्वमा झण्डै १८ लाख र नेपालमा १८४७ को मृत्यु

२0७७ पुष १६ बिहीबार
कोविड महामारीको १ वर्षः विश्वमा झण्डै १८ लाख र नेपालमा १८४७ को मृत्यु

उदयपुर


चीनको हुवे प्रान्तको राजधानी वुहानमा भेटिएको कोरोना भाईरस (कोविड१९) आज ठ्याक्कै १ वर्ष पुगेको छ । २०१९ डिसेम्बर ३१ का दिन पत्ता लागेको कोविडले हालसम्म २ सय २२ देशमा आतंक मच्चाएको छ भने विश्वभर १७ लाख ८३ हजार ६ सय १९ को ज्यान लिईसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । 


त्यस्तै विश्वभर ८ करोड ७७ लाख ३ हजार ३३ जनालाई संक्रमित तुल्याएको कोविडले नेपालमा १ हजार ८ सय ४७ को ज्यान दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा मात्र कोविडले २ लाख ६० हजार ५९ जना संक्रमित भएकोमा २ लाख ५१ हजार ९ सय १२ जना निको भईसकेको मन्त्रालयले जनाएको छ । 


उदयपुरमा मात्र कोविडका कारण ६ जनाको ज्यान गएको छ भने २ सय ७६ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 


यसबाट जोगिन विश्वभर लकडाउन गर्नुपरेको कोविडले नेपालमा चैत ११ देखि असार अन्तिमसम्म र दोसो चरणमा आवश्यक्ता अनुसार स्थानीयतहलाई लकडाउन, निशेधाज्ञा गर्ने अधिकार दिइएको थियो । 

 

८ महिनायता केही सहज परिस्थिति सिर्जना हुँदै गएका बेला पुनःबेलायतमा नयाा प्रजातिको कोविड संक्रमण देखिएसँगै पुनः त्रासको वातावरण बन्ने भन्दै सरकारले सुरक्षा सतर्कता अपनाउन सचेत गराएको छ ।