खैजनपुरमा आगलागीबाट घर गोठ स्वाहा

२0७७ पुष १५ बुधबार
खैजनपुरमा आगलागीबाट घर गोठ स्वाहा

उदयपुर
    
सदरमुकाम त्रियुगा नगरपालिका २ खैजनपुरमा आगलागी हुँदा एक स्थानीयको गोठ जलेर नष्ट भएको छ । बुधबार दिउसो ४ः३० बजे खैजनपुरस्थित राजन घिमिरेको गाई गोठमा आगलागी हुँदा गोठमा राखेको काठ तथा पराल जलेर नष्ट भएको छ । 
    

आगलागी भएलगत्तै भेला भएका स्थानीयले त्रियुगा नगरपालिकाबाट आएको दमकलको सहयागले १ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए । 


उनका अनुसार समयमै स्थानीय भेला भएर आगो नियन्त्रणमा लिन सफल भएका कारण अन्य क्षति भने हुन पाएन ।